global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकले अंकित मूल्य प्रतिकित्ता एक हजारका दरले ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्कासन गर्दै छ ।

बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निजी क्षेत्रका व्यक्तिगत तबरले बिक्री गरिने छ । बाँकी रहेको दुई अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधरणका लागि बिक्री खुलाएको हो । 

१० वर्षका लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ । ऋणपत्रमा न्यूनतम २५ कित्ता र अघिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । 

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले १० देखि १४ असारसम्म आवेदन दिन सक्नेछन् । १४ असारसम्म लगानीकर्ताबाट पर्याप्त आवेदन नपरे आवेदन अवधि २४ असारसम्मका लागि लम्बिने बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडले जनाएको छ ।

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु