गृहपृष्ठ सेञ्चुरी बैंकको नयाँ शाखा अब काठमाडौँको असनमा
सेञ्चुरी बैंकको नयाँ शाखा अब काठमाडौँको असनमा
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौँको असन बजारमा नयाँ शाखा सञ्चालनमा गरेको छ ।
बैंकका सञ्चालक समिति सदस्य प्राडा.गीता प्रधानर असन–२५ का वडा अध्यक्ष राजेश डंगोल संयुक्त रुपमा असन शाखाको उद्घाटन गरी सेवा सुरु गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरुको उपस्थिति थियो ।
असन शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २८ पुगेको बैंकले जनाएको छ ।
बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएम मार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १८:०९ बजे



















