काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एन्फा निवर्तमान अध्यक्ष शेर्पाले फिर्ता गरे गाडी

12.35K
shares

अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफू पदमा रहँदा प्रयोग गरेको गाडी फिर्ता गरेका छन् । सोमबार भएको एन्फाको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका शेर्पा पंकजविक्रम नेम्वाङसँग ६ मतले पराजित भएका थिए ।

शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेले एन्फाको भण्डार शाखा प्रमुख अच्युतराज घिमिरेलाई बा८च ६१७ नम्बरको टोयोटा फर्चुनर फिर्ता गरे ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष शेर्पाले ३९ तथा अध्यक्ष नेम्वाङले ४५ मत पाएका थिए ।

अध्यक्षबाट पदमुक्त भएसँगै शेर्पाले मंगलबार बिहानै एन्फालाई आफूले प्रयोग गरिरहेको गाडी फिर्ता गरेका हुन् । 

चार वर्षअघि सहकार्य गर्दै एन्फा नेतृत्वमा आएका शेर्पा र नेम्वाङ यस पटक भने एकअर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा नेम्वाङ पक्षले बहुमत प्राप्त गरेको छ ।