global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ । सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं  र पाटन अस्पतालका निर्देशक प्राडा. रवि शाक्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ । सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजार रूपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ ।

सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुन: नवीकरण गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु