nmb bank

गृहपृष्ठ सूचना र प्रविधिको दुरुपयोग गर्ने १३ जना पक्राउ

सूचना र प्रविधिको दुरुपयोग गर्ने १३ जना पक्राउ

सूचना र प्रविधिको दुरुपयोग गर्ने १३ जना पक्राउ

सूचना र प्रविधिको दुरुपयोग गरी अमेरिकी र क्यानेडाली नागरिकलाई लक्षित गरी आइपी एड्रेस ह्याक भएकोजस्ता भ्रामक सन्देश पठाई ठगी गर्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । 

अनुसन्धानमा उनीहरुले विदेशी नागरिकको बैंक विवरणसमेत लिन सफल भएको पाइएको छ । विद्युतीय अपराधमा भारतीय नागरिकसहित १३ जना संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ । 

यही असार ३ गते पक्राउ परेका उनीहरुलाई आज अदालतमा पेस गरी सात दिनको म्याद लिएर अनुसन्धान थालिएको ब्युरोले एक सूचना जारी गरी जनाएको छ ।  

भारतीय नागरिकसहितको मिलेमतोमा काठमाडौँ महानगरपालिका–४ स्थित धुम्बाराहीमा  अर्विट नेक्सेस प्रालि नामक संस्था खोलेर उनीहरुले अवैध गतिविधि गरेको ब्युरोले जनाएको छ । पक्राउ पर्नेमा उक्त कम्पनीका सञ्चालक विजय श्रेष्ठ, भारतीय नागरिकहरु निसान खैरे र मनिष तिवारी तथा पाँच महिलासहित १३ जना रहेका प्रहरीले जनाएको छ । 

प्रकाशित समय : ०३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु