गृहपृष्ठ नेपाल अमेरिकासँग ३९ रनले पराजित
नेपाल अमेरिकासँग ३९ रनले पराजित
फाइल तस्बिर ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ ।
आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल २०६ रन मात्र बनाउन सक्यो ।यस श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो । चार खेल मध्ये एक जित र एक बराबरीबाट नेपालले ३ अंक मात्र जोड्न सक्यो । अंकतालिकामा १६ खेलबाट १५ अंकसहित नेपाल पाँचौ स्थानमा छ । अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ ।
प्रकाशित समय : १२:५४ बजे


















