global ime bank Long Banner Ad

गृहपृष्ठ नक्सालमा भोल्क्सवागनको सोरुम सञ्चालन

नक्सालमा भोल्क्सवागनको सोरुम सञ्चालन

नक्सालमा भोल्क्सवागनको सोरुम सञ्चालन

नेपालका लागि भोल्क्सवागन गाडीको आधिकारिक बिक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्ट्यान्डर्डको फ्ल्यागसीप सोरुम खोलेको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिनबहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सोरुम उद्घाटनमा बोल्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेंले भने, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधा सम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी छौँ । यो सोरुमले ग्राहकलाई भोल्क्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने छ ।’ 

नयाँ सोरुम उद्घाटनको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत विजुक्छेंका अनुसार यो सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भइ फ्री सर्विसिङ र free consumables पाउने छन् ।  

पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा भोल्क्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ । भोल्क्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकाले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छ । यो नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ ।

 नेपालमा भोल्क्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्विस सेन्टर सञ्चालनमा रहेका छन् । 
 

प्रकाशित समय : २२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु