गृहपृष्ठ अस्ट्रेलिया लगातार पाँचौं पटक विश्वकपमा छनोट
अस्ट्रेलिया लगातार पाँचौं पटक विश्वकपमा छनोट

अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुमाथि पेनाल्टी शुटआउटमा जित निकाल्दै अस्ट्रेलिया आसन्न फिफा विश्वकपमा छनोट भएको छ । कतारको अहमद विन अली रंगशालामा अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी शुटआउटमा अस्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो ।
पेनाल्टी शुटआउटका लागि अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले गोलरक्षक कप्तान म्याट रायनको स्थानमा एन्ड्र्यू रेडमाइनलाइ सब्स्टिच्यूड गरी ठूलो जोखिम उठाएका थिए ।
सिडनी एफसीका ३३ वर्षीय एन्ड्र्यूले यसअघि नेपालसँग खेलेका थिए । त्यो नै प्रतिस्पर्धात्मक प्रतियोगितामा अस्ट्रेलियाका लागि उनको एकमात्र खेल थियो ।
प्रकाशित समय : १३:०० बजे