गृहपृष्ठ अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै सोमबार राति १२ः४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।
अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित समय : १२:५३ बजे