गृहपृष्ठ कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता
कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता
कुमारी बैंक लिमिटेड र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि अब होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट प्रदान हुने भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो होटेलबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटेलको फुड एंड वेभरेज र रूम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकले प्रतिबद्धता जनाएको छ । बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४२ शाखारहित बैंकिङ इकाई तथा १६ एक्स्टेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ ।
प्रकाशित समय : १९:२६ बजे



















