global ime bank Long Banner Ad

गृहपृष्ठ सदनमा मागियो अर्थमन्त्रीको राजीनामा

सदनमा मागियो अर्थमन्त्रीको राजीनामा

सदनमा मागियो अर्थमन्त्रीको राजीनामा

बजेट निर्माणको क्रममा रातारात ‘खेताला विज्ञ’ ल्याएर करको दर परिवर्तन गरिएको भन्दै सदनमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको समाचार उल्लेख गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् । 

सोमबार सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसद्‌मा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीको राजीनामा मागेको हो ।

बेलायती संसद् र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद् भट्टराईले सोही विषय नेपालमा लागु हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे । उनले यसबारे सदन, सांसद्, प्रधानमन्त्रीसहित सबैको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित समय : १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु