काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सातापछि बढेकाे नेप्सेमा पुन: दोहोरो अंकको गिरावट

6.9K
shares

करिब एक सातापछि ६० अंकले बढेको नेप्सेमा दोस्रो दिन नै पुनः १७ अंकमाथिको गिरावट आएको छ । आज बिहीबार नेप्से परिसूचक १७.६४ अंकले घट्दै २०६२.८० अंकमा झरेको हो ।

अघिल्लो दिन यस्तो परिसूचक ६०.२२ अंकले बढेर २ हजार ८०.४४ अंकमा उक्लिएको थियो । आज 'क' वर्गको सेन्सेटिभ परिसूचकसमेत ४.०१ अंकले घट्दै ३९६.३६ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम समेत केही घटेको छ । आज १ अर्ब ४७ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार १ अर्ब ६४ करोड ३ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज १३ वटा उपसूचकमध्ये ट्रेडिङबाहेक सबै उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको उपसूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको १.६५ प्रतिशतले र होटल तथा पर्यटन समूह १.४४ प्रतिशतले घट्न पुगको छ । अन्य समूह १.५७ प्रतिशतले घटेकोमा आज अन्य उपसूचकहरु १ प्रतिशत भन्दा कमले घटेका छन् । ट्रेडिङ समूह भने आज सामान्य (०.१२) प्रतिशतले बढेको छ ।