गृहपृष्ठ नबिल बैंकको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्ने
नबिल बैंकको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्ने
नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ ओटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्ने भएका छन् ।
काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ ओटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिने छ ।
तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ ओटा शौचालय प्रयोग गरेबापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मतसम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्ने छ । काठमाडौँ महानगरले यसअघि नै सहकार्यमा सञ्चालन गर्ने शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको संकेत चित्र तयार गरिसकेको छ ।
संकेत चिन्हमा लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रंगमै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
प्रकाशित समय : ०२:२० बजे