global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नमस्ते पे’द्वारा स्मार्ट क्यूआर सेवा सुरू

‘नमस्ते पे’द्वारा स्मार्ट क्यूआर सेवा सुरू

‘नमस्ते पे’द्वारा स्मार्ट क्यूआर सेवा सुरू

नमस्ते पे मोबाइल भुक्तानी सेवाले आफ्नो वालेटबाट स्मार्ट क्यूआर उपलब्ध हुने नेपालभरका मर्चेन्टमा स्क्यान एन्ड पे सेवा सुरु गरेको छ ।

कम्पनीले सेवा सुरु गरेसँगै वालेट प्रयोगकर्ताले स्मार्ट च्वाइस टेक्नोलजिज (एससीटी)बाट जारी गरिएका स्मार्ट क्यूआर प्रयोग हुने मर्चेन्ट आउटलेटमा उक्त क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । स्मार्ट क्यूआर नेटवर्कमा हाल नेपालभर मर्चेन्ट रहेका छन् । यसलाई थप विस्तार गर्नै कार्य जारी रहेको कम्पनीले उल्लेख गरेको छ ।

यसबाट भुक्तानी गर्दा गोल्डस्टार जुत्ता शोरुममा ३० प्रतिशत अर्थात् ३ सय रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । भविष्यमा आकर्षक अफर थपिने पनि कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु