global ime bank Long Banner Ad

गृहपृष्ठ बैतडीमा दुई जनाको मृत्यु

बैतडीमा दुई जनाको मृत्यु

बैतडीमा दुई जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा बैतडीका दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर तथा अर्को एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका-६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका-६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए । यस्तै सिगास-१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् ।

धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख इन्स्पेक्टर कमल चौधरीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु