nmb bank

गृहपृष्ठ राउटेले पाए सामाजिक सुरक्षा भत्ता

राउटेले पाए सामाजिक सुरक्षा भत्ता

राउटेले पाए सामाजिक सुरक्षा भत्ता

जाजरकोटको छेडागाड नगरपालिका-५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका-८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए ।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्ष अघि गुराँस गाउँपालिका-८ ले परिचयपत्र वितरण गरेको थियो । बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका-५ बाँका थलह पुगेका हुन् ।

चालिस परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैतको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताए । कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ ।

अधिकांश दैलेखमा बस्दै आएका छन् । उनीहरुलाई संघीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका-८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु