गृहपृष्ठ चिकित्सा शिक्षा आयोगले बढायो एमबीबीएस अध्ययनको शुल्क (शुल्कको सूचीसहित)

चिकित्सा शिक्षा आयोगले बढायो एमबीबीएस अध्ययनको शुल्क (शुल्कको सूचीसहित)

चिकित्सा शिक्षा आयोगले बढायो एमबीबीएस अध्ययनको शुल्क (शुल्कको सूचीसहित)

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए ।

गत सालको समग्र मूल्य वृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा.काफ्लेले बताए । शैक्षिक सत्र २०७७/७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकेको थियो । तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ ।

उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ ।

 

हेर्नुहोस् शुल्कको सूची

कार्यक्रम बढेको शैक्षिक शुल्क
एमबीबीएस (उपत्यका भित्र) ४१,६८,०८७
एमबीबीएस (उपत्यका बाहिर) ४५,९५,७२१
बीडीएस २०,९२,२८४
बीएससी नर्सिङ १०,३६,०००
बीपीटी/बीएससी एमएलटी/ बीएससी एमआईटी/बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्री ७,७७,०००
बीएएमएस ११,३१,९३३
बीएनएस एन्ड पीबीएन ५,१८,०००
बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपी ७,७७,०००
एमडी/एमएस क्लिनिकल २३,८१,७६४
एमडी/एमएस बेसिक साईन्स १०,८५,८६७
एमडीएस क्लिनिकल २३,८१,७६४
एमडीएस बेसिक साईन्स १०,८५,८६७
एमडी आयुर्वेद ९,५७,६४२
एमएन/एमएससी नर्सिङ/एमपीएच ९,२०२२७
एम फार्मा ५,१९६५७
एम.एससी मेडिकल/माईक्रोबायोलोजी/बायोकेमेस्ट्री/एमएससी एमआईटी/एमएलटी ७,५७,८३४
एमएससी बेसिक साईन्स ७,५७,८३४
एम फील क्लिनिकल साईकोलोजी ३,०४,२१६
डीएम/एमएचसी २५,९०,०००

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु