nmb bank

गृहपृष्ठ घरमै राहदानी पु-याउन प्रशासन र हुलाकबीच सहकार्य

घरमै राहदानी पु-याउन प्रशासन र हुलाकबीच सहकार्य

घरमै राहदानी पु-याउन प्रशासन र हुलाकबीच सहकार्य

काभ्रेपलाञ्चोक । घरमै राहदानीलगायत प्रशासनिक सामग्री पु-याउन काभ्रेका नागरिकलाई सरकारी सेवा सहज र सुलभ बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धुलिखेल र जिल्ला हुलाक कार्यालयबीच शुक्रबार सम्झौता भएको छ ।

सम्झौतापछि जिल्लास्थित प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी तथा अन्य भौतिक वस्तु सेवा अब हुलाकमार्फत नागरिकको घरमै पु-याइने भएको हो । सरकारी सेवा लिन कार्यालयसम्म धाउनुपर्ने झन्झट कम गर्ने लक्ष्यसहित गरिएको यो पहलले विशेषगरी वृद्धवृद्धा, अशक्त, ब्यस्त नागरिक तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको जनाइएको छ । सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी घरमै सेवा उपलब्ध गराइदिन अनुरोध गरेमा राहदानीलगायतका सामग्री सुरक्षित रूपमा घरसम्म पु-याइने भएको हो ।

जिल्ला प्रशासनद्वारा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र हुलाक कार्यालय प्रमुख दीपककुमार नेपालीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयबाट तयार पारिएका सामग्री छिटो, सुरक्षित र जिम्मेवार ढङ्गले सम्बन्धित व्यक्तिसम्म पु-याउने दायित्व जिल्ला हुलाक कार्यालयको हुनेछ । त्यस्तै, टिकट शुल्कको ब्यवस्था गर्नुका साथै सेवाग्राहीको सही र स्पष्ट ठेगाना उपलब्ध गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले वहन गर्ने जनाइएको छ ।

यो व्यवस्था लागू भएपछि नागरिकले राहदानी लिन लामो लाइन बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने तथा अनावश्यक समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । सरकारी सेवामा प्रविधि र व्यवस्थापन सुधारको उदाहरणका रूपमा हेरिएको यस कदमले सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमैत्री बनाउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। उनकाअनुसार घरमै राहदानीलगायतका सेवा चाहनेले घरमै र सदरमुकामबाट लिने भए उल्लेख गर्न पारमा आग्रह गरेको छ ।

प्रकाशित समय : ०६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु