काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मानव बेचबिखन र बलात्कार अभियाेगमा होटल सञ्चालिकासहित ३ जना पक्राउ

7.41K
shares

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा पर्सा प्रहरीले आइतबार ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-८ स्थित एक रेस्टुरेन्टमा काम गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ ठेगाना भएका २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका-१६, फुलबारी टोल डेरा गरी बस्ने जुम्ला हेमा गाउँपालिका-३, जोगीवडा टोलका ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगंज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका संखुवासभाको खाँदवारी नगरपालिका-१० घर भएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन् ।   

प्रहरीका अनुसार सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाइ वीरगंज बोलाएका थिए । वीरगंजको बसपार्कस्थित एक होटलमा लगेर पटक-पटक करणी गरेपश्चात् जेठ ९ गते वीरगंज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाइ आफू त्यहाँबाट भागेका थिए । जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्याई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको र योगीले पीडितलाई आफ्नो कोठामा लगि मानसिक र शारीरिक यातना दिएर पटक-पटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिएर राखेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू उपर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।