गृहपृष्ठ भिभोकाे भी२३ सिरिज : शक्तिशाली, स्टाइलिश, नवीनताको सम्मिश्रण
भिभोकाे भी२३ सिरिज : शक्तिशाली, स्टाइलिश, नवीनताको सम्मिश्रण
भिभोले क्यामेरा र नवीनताकेन्द्रित ‘भी सिरिज’अन्तर्गत उत्कृष्ट स्मार्टफोनहरु नेपाली बजारमा उपलब्ध गराएको छ । भी सिरिजका फोनहरु सार्वजनिक भएसँगै यी स्मार्टफोनहरू बजारमा निकै चर्चित बनेको कम्पनीले दाबी गरेको छ ।
यस स्मार्टफोनलाई लोकप्रिय बनाउने मुख्य विशेषताहरु कम्पनीले उल्लेख गरेको छ ।
उत्कृष्ट फोटोहरुका लागि सुपेरियर क्यामेरा
भिभोलाई यसको क्यामेरा प्रविधिले अन्य स्मार्टफोनभन्दा भिन्न बनाएको छ । हालै नेपाली बजारमा उपलब्ध भएको भी सिरिजले मोहक तस्बिरहरू, भिडियोहरू, अल्ट्रा-वाइड ल्यान्डस्केपहरू, सेल्फीलगायत खिच्छन् । भी२३ फाइभजीमा आई अटोफोकस र कस्टुमाइज्ड जेएनभी सेन्सरको साथ ५०एमपी पाट्रेट सेल्फी प्रयोग गरेर हाइपर-क्लियर पाट्रेट/तस्बिर खिच्न सकिन्छ । स्मार्टफोनमा डुअल टोन स्पटलाइट र अगाडि एआई एक्स्ट्रिम नाइट पाट्रेट रहेको छ, जसले अँध्यारो वातावरणमा एकदमै स्पष्ट र क्लियर शटहरू क्लिक गर्न सक्छ । भी२३ फाइभजीको ट्रिपल रियर क्यामेरा मोड्युलको बारेमा कुरा गर्दा, यसमा ६४एमपी जीडब्लू१ सुपर-सेन्सिङ क्यामेरा, ८एमपी वाइड-एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेरासँगै सुपर नाइट मोड छन् । यी फिचरहरुको साथ सामग्री सिर्जनाकर्ताहरूले सोशल मिडिया पोष्ट गर्ने तस्बिरको गुणस्तरको बारेमा चिन्ता गर्नुपर्दैन ।
भी२३ई भिभोले सार्वजनिक गरेको एक सर्वोत्कृष्ट मोडल हो । यस स्मार्टफोनमा ५० एमपी अटोफोकस पाट्र्रेट सेल्फी क्यामेरा रहेको छ जसलाई हाल बजारमा सबैभन्दा शक्तिशाली मानिन्छ । भी२३ई मा आइसोशेल ३.० रहेको छ, जसले प्रकाशको संवेदनशीलतालाई सुधार गर्छ । पछाडिको भागमा, भी२३ई मा ६४ एमपी नाइट क्यामेरा, ८ एमपी सुपर वाइड-एंगल क्यामेरा र २ एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ र यसको सुपर नाइट मोडले प्रकाश र छायाको सन्तुलन मिलाएर जीवन्त तस्बिरहरु कैद गर्दछ । भी२३ई मा स्ट्यान्डर्ड स्टेबिलाइजेसन पनि छ । जसले भिडियो सिर्जनाकर्ताहरू, भ्लगरहरूलाई हल्लिएको र ब्लरबाट मुक्त भिडियोहरू शूट गर्न अनुमति दिन्छ ।
आधुनिक दृष्टिकोणको लागि सर्वोत्कृष्ट डिजाइन
७.३९एमएम अल्ट्रा स्लिम बडी र मेटल फ्ल्याट फ्रेम डिजाइनमा सुसज्जित भी२३ फाइभजी विलासिताको प्रतीक हो । यसमा भएको फ्लोराइट एजी ग्लासले सूर्यको किरणमा रंग परिवर्तन गर्दछ । जसले फोनलाई अझ बढी आकर्षक बनाएको छ । ७.३६एमएम अल्ट्रा स्लिम एजी डिजाइनको साथ भी२३ई अझ पातलो र हल्का छ । उत्कृष्ट डिजाइन र स्लीक बिल्डको साथ भी२३ई फेसन पारखीहरूका लागि तिनीहरूको स्टाइलिश पोशाक र सुरुचिपूर्ण लुकसँग समायोजन हुने गर्दछ । साथै, फोन चलाउँदा प्रयोगकर्ताहरुलाई निकै रेशमी स्पर्शको अनुभव प्रदान गर्छ । भी२३ई ले सदाबहार उत्कृष्ट डिजाइन र स्टाइलका साथ स्मार्टफोनबाट उपभोक्ताका अपेक्षाहरूलाई पुनः परिभाषित गरेको छ ।
प्रबल प्रभावको लागि शक्तिशाली प्रदर्शन
स्मार्टफोनको पर्फमेन्सले त्यसको क्षमताको बारेमा नयाँ निर्णय मेट्रिक्स प्रदान गर्दछ । भी२३ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९२० प्रोसेसर प्रयोग गरी उद्योगको अग्रणी कार्यसम्पादन प्रदान गर्न सबै प्यारामिटरहरूमा अगाडि छ । जसले प्रयोगकर्तालाई ९०हर्ज रिफ्रेस रेट डिस्प्ले प्रयोग गरी प्रिमियम अनुभव, छिटो एप इन्स्टल गर्न तथा प्रयोग र स्विचिङ गतिको अनुमति दिन्छ । दुवै भी२३ फाइभजी र भी२३ई मा भएको ८ जीबी र्याम र १२८ जीबी रोमले प्रशस्त स्टोरेज प्रदान गर्दछ, साथै ८ जीबी र्यामलाई १२ जीबी र्यामको अनुभव दिन एक्स्टेन्डेड र्याम २.० वा परिष्कृत स्टोरेजको मद्दतले विस्तार गर्न सकिन्छ ।
आफ्ना उपभोक्तालाई स्मार्टफोनमा अझ बढी काम गर्न तथा उच्च स्तरको अनुभव प्रदान गर्न 'भी२३ई'मा ४४ वाटको फ्ल्याशचार्ज फिचर समावेश गरिएको छ । जसले प्रयोगकर्ताहरूको तीव्र चार्ज गरेर दैनिक आवश्यकताका लागि अविच्छिन्न प्रयोग सुनिश्चित गर्दछ ।
प्रकाशित समय : १८:४९ बजे



















