nmb bank

गृहपृष्ठ आईपीएल : राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुग्यो

आईपीएल : राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुग्यो

आईपीएल : राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुग्यो

अन्तिम ओभरमा डेविड मिलरले लगातार तीन छक्का प्रहार गरेसँगै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को फाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

जितका लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउँदै रन बनायो । गुजरातको जितमा डेविड मिलर अविजित रहँदै ६८ रन बनाए । उनले ३८ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । यता, कप्तान हार्दिक पाण्ड्याले २७ बलमा ५ चौकासहित ४० रनमा अविजित रहे। चौंथो विकेटका लागि हार्दिक र मिलरले १०६ रनको अविजित शतकीय साझेदारी गर्दै जित दिलाए ।

राजस्थानले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा तेस्रो स्थानको खेल लखनऊ सुपर जायन्ट्स र चौंथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच बुधबार हुनेछ ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु