काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मतदानको दिन पत्रकारले कसरी सवारी पास प्राप्त गर्ने ?

8.53K
shares

नेपाल पत्रकार महासंघको आग्रहमा ’स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड’ संशोधन भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अब पत्रकारले सूचना विभाग र सञ्चार रजिष्ट्रारको प्रेस कार्डका आधारमा सिधै निर्वाचन आयोगबाट मतदानको दिनका लागि सवारी पास लिन पाउने छन् ।

कार्ड नहुने पत्रकारलाई सूचना तथा प्रसारण विभाग र सञ्चार रजिष्ट्रारको सिफारिसका आधारमा आयोगले पास दिनेछ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत पनि पत्रकारका लागि आवश्यकताका आधारमा सवारी पास दिने व्यवस्था मिलाइएको र केही समस्या परेमा मापदण्ड फेरि संशोधन गरिने थपलियाले महासंघलाई जानकारी दिए ।

काठमाडौं उपत्यकाबाहिर भने महासंघका शाखासँग समन्वय गरेर सवारी पास जारी गर्ने तयारी गरिएको छ । नेपाल पत्रकार महासंघले सरकारी निकायले जारी गरेको पत्रकार परिचय पत्र वा सञ्चार माध्यमको परिचय पत्रका आधारमा सहज ढंगले रिपोर्टिङ र सवारी पासको व्यवस्था गर्न आयोगलाई आग्रह गरेको छ ।