nmb bank

गृहपृष्ठ नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् ।

यतिबेला निर्देशिका र बजेट आइ नसके पनि प्रतियोगितामा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गर्ने निर्णयसहित प्रदेश र विभागीय टोलीहरुले टिम छनोट गरिरहेका छन् । गन्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ ।

लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्रयाकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ । कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो । गत वैशाख ४ गते राखेपले नवौंका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् । लोगो र मस्कट बनाउनेले क्रमसः५० र २५ हजार तथा नारा बनाउनेले १० हजार पुरस्कार पाएका छन् ।

राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि गीत पेस गर्न पनि सूचना जारी गरेकोमा एउटामात्र आवेदन परेको तर त्यस गीत प्रतियोगिताका लागि सुहाउँदो नभएकोले पारित नगरिएको जनाएको छ । प्रतियोगिता सुरु हुन २८ दिन बाँकी रहँदा तयारी धमाधम भइरहेको छ ।

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु