काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मतपत्र छपाइ सकियाे, २३ गतेसम्म सबै जिल्लामा पठाइन्छ : आयाेग

9.37K
shares

स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सकिएकाे  निर्वाचन आयोग जनाएको छ । वैशाख २३ गतेसम्म सबै  जिल्लामा ढुवानीसमेत सम्पन्न हुने बिहीबार आयोगले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ सम्पन्न भएको छ । वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुनेछ ।’

मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको प्रवक्ता पौडेलले बताए । 'वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न  मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई  निर्देशन दिइएकाे छ,' उनले भने । उनका अनुसार  उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा आयोगले प्रचलित कानुनबमोजिम कडा कारबाही गर्नेछ ।

त्यस्तै, विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरूलाई आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ । निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको प्रवक्ता पाैडेलले जानकारी दिए ।