काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रारा हाइड्रोपावरले १२ करोडको आइपीओ निष्काशन गर्दै

9.31K
shares

रारा हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । रारा हाइड्रोपावरले १२ लाख कित्ता सेयर जारी गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित मेगा क्यापिटल मार्केट्समा एक कार्यक्रमका बीच कम्पनीले मेगा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा हाइड्रोपावरका सञ्चालक शंकर लाल वैद्य तथा मेगा क्यपिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सर्वसाधारणका लागि जारी हुने सेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिने योजना रहेको छ ।