global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड फाइनलमा

च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड फाइनलमा

च्याम्पियन्स लिग फुटबल : रियल मड्रिड फाइनलमा

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै रियल उपाधिनजिक पुगेको हो ।

पहिलो लेगमा ४-३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ६-५ ले विजयी भयो । खेलको ७३औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ९०औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई बराबरीकाे स्थितिमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । जसको कारण खेल समग्रमा ५-५ को स्थितिमा पुग्यो । खेलको ९५औं करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३-१ को जित दिलाउँदै रियलकाे फाइनल यात्रा सुनिश्चित गरे ।

अब मे २९ मा हुने फाइनलमा रियलले उपाधिका लागि लिभरपुलको सामना गर्नेछ ।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु