मुक्तिनाथ विकास बैंकको सीईओमा पुन: प्रद्युम्न पोखरेल
वि.सं.२०७९ वैशाख २१ बुधवार १७:५२
shares

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुन: प्रद्युम्न पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो ।
उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुने बैंकले जनाएको छ । उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सीईओको जिम्मेवारीमा थिए । तीन दशकभन्दा धेरै बैंकिङको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंकमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए । २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए ।
हाल उनी डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्षसमेत रहेका छन् ।
























