nmb bank

गृहपृष्ठ गठबन्धनलाई जिताउन देश दौडाहमा देउवा, आज विराटनगरको चुनावी सभामा

गठबन्धनलाई जिताउन देश दौडाहमा देउवा, आज विराटनगरको चुनावी सभामा

गठबन्धनलाई जिताउन देश दौडाहमा देउवा, आज विराटनगरको चुनावी सभामा

नेपाली कांग्रेसको सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन र आफ्नो पार्टी जिताउन देश दौडाहमा जुटेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्न देउवा देशका विभिन्न ठाउँमा पुग्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार सार्वजनिक गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

सोही तालिका बमोजिम देउवा बुधबार विराटनगरको चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ हानिएका छन् । उनीसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा पनि आउनेछन् । दिउँसो १२ बजे पुष्पलाल चोकमा हुने चुनावी सभालाई सभापति देउवा, काङ्ग्रेस नेता शेखर कोइरालासहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

गठबन्धनका उम्मेदवार जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने छन्। देउवाले वैशाख २१ गते मोरङको विराटनगर, वैशाख २२ गते चितवनको भरतपुर, वैशाख २३ गते काठमाडौंमा सम्बोधन गर्ने छन् । 

यस्तै, वैशाख २४ गते बिहान ११ बजे रुपन्देहीको बुटवल तथा सोही दिन मध्याह्न साढे १२ बजे तनहुँको दमौली, दिउँसो २ बजे धनुषाको जनकपुरमा सम्बोधन गर्ने छन् । उनले वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरा, दिउँसो २ बजे दाङको तुलसीपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । वैशाख २६ गते कैलालीको धनगढी तथा वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री आफैं अमूक दलका लागि भोट माग्दै चुनावी सभाहरुमा सहभागी हुन थालेपछि निर्वाचन आचारसंहिताले रोक्छ कि रोक्दैन भन्ने प्रश्न उब्जिएको छ ।

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु