गृहपृष्ठ ‘भिभो भी२३ई’को मूल्य ३ हजार रुपैयाँले घट्यो
‘भिभो भी२३ई’को मूल्य ३ हजार रुपैयाँले घट्यो
स्मार्टफोन ब्राण्ड भिभोले 'भिभो भी२३ई'को मूल्य घटाएको छ । योसँगै कम्पनीले भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिक रूपमा ४१ हजार ९९९ र ८+२५६ जीबी संस्करण ४६ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ । यी दुवै संस्करणमा ३ हजार रुपैयाँले मूल्य घटेको र नयाँ मूल्य मे ०१, २०२२ देखि देशभरका सबै रिटेल स्टोर र इ-कमर्स वेबसाइटहरूमा लागू भएको कम्पनीले जनाएको छ ।
भिभो नेपालका सीईओ माइकलले भिभो सधैँ प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्न लागि परेको बताए । ‘यो मूल्य घटेको घोषणासँगै हामी नेपालको ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्न सक्षम हुनेछौँ भन्ने आशा गरेका छौँ,’ उनले भने, ‘भी२३ई उद्योगको अग्रणी फ्रन्ट क्यामेरा र नवीन प्रविधिहरूको साथ डिजाइन गरिएको छ र हामी यस लोकप्रिय उपकरणको मूल्य घटेको घोषणा गर्न पाउँदा उत्साहित छौं जसले प्रयोगकर्ताहरुलाई सुन्दर तथा रचनात्मक तस्बिरहरु खिच्न मद्दत गर्नेछ ।’
हालै बजारमा सार्वजनिक गरिएको भी२३ई मा ५०एमपी अटोफोकस सेल्फी पोट्रेट छ । यो स्मार्टफोनमा नवीन प्रविधि, अटोफोकस र एआई एक्सट्रिम नाइट पोट्रेट, मल्टी स्टाइल पोट्रेटलगायत विभिन्न पोट्रेट मोडहरु रहेका छन् । भी२३ई को रियर क्यामेरामा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड-एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ ।
भी२३ई ८जीबी र्याम र १२८जीबी वा २५६जीबी रोममा उपलब्ध छ । प्रयोगकर्ताले विस्तारित र्याम २.० को साहयताले १२जीबी बराबरको अनुभव प्राप्त गर्न ८जीबी र्यामलाई विस्तार गर्न सकिन्छ । यसबाहेक, यस स्मार्टफोन ४०५०एमएएच ब्याट्रीद्वारा सञ्चालित छ जसमा ४४ वाट फ्ल्यासचार्ज छ । भिभो भी२३ई मा फनटच ओएस १२ रहेको छ जसमार्फत प्रयोगकर्ताहरूले होम स्क्रिनलाई पूर्णरुपमा कस्टुमाइज्ड गर्न सक्छन् ।
७.४१एमएम अल्ट्रा स्लिम फ्लोराइट एजी ग्लास डिजाइनले भी२३ई लाई आकर्षक लुक र उत्कृष्ट अनुभव प्रदान गर्दछ । स्मार्टफोनको रंग फ्ल्याट फ्रेम डिजाइन, मुनलाइट स्याडो र सनसाइन कोस्ट रङका आधारमा छनोट गरिएको छ ।
प्रकाशित समय : २१:३६ बजे



















