गृहपृष्ठ थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । सोमबार ४ हजार २५५ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टिजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित समय : २२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु