गृहपृष्ठ चुनावी भिडिओ अपलोड गरि ५० हजार भ्युज पुर्याए आयोगले ५० हजार नगद दिने
चुनावी भिडिओ अपलोड गरि ५० हजार भ्युज पुर्याए आयोगले ५० हजार नगद दिने
निर्वाचन आयोगले तयार पारेको चुनाव सम्बन्धी सन्देशमुलक भिडिओ प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज पुर्याए पुरस्कार दिने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले बनाएको सन्देशमुलक भिडिओ आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गरी २० देखि ५० लाखसम्म भ्युज पुर्याउनेले यो प्रतियोगितामा भाग लिन पाउने भएका हुन् ।
आयोगले आइतबार एक सूचना जारी गर्दै ५० लाख भ्युज पुर्याउनेलाई ५० हजार नगद दिने बताएको छ । यस्तै ३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्याउनेलाई २० हजार पुरस्कार दिने जानकारी दिएको छ ।
त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन् । आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटक लगायतमा पोस्ट गर्ने, सेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले बताएको हो ।
प्रकाशित समय : १५:४५ बजे



















