global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालको ब्यापार घाटा १३ खर्ब नाघ्यो, डिजेल मात्र १ खर्बको आयात

नेपालको ब्यापार घाटा १३ खर्ब नाघ्यो, डिजेल मात्र १ खर्बको आयात

नेपालको ब्यापार घाटा १३ खर्ब नाघ्यो, डिजेल मात्र १ खर्बको आयात

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालले १४ खर्ब ६६ अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि चैत्रसम्मको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड बराबरको सामान आयात गरेको हो ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात ३१.९७ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालले ११ खर्ब ११ अर्ब बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ९ महिनामा नेपालले १ खर्ब ६० अर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ६९.४४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालले ९४ अर्ब ७६ करोड बराबरको सामान निर्यात गरेको थियो  ।

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा १३ खर्ब ६ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा २८.४७ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालको ब्यापार घाटा १० खर्ब १६ अर्ब मात्रै थियो ।

९ महिनाको अवधिमा  नेपालले डिजेल मात्र १ खर्ब ५ अर्ब बराबरको आयात गरेको छ । त्यस्तै ४७ अर्ब २३ करोडको पेट्रोल, ४५ अर्ब ५८ करोडको कच्चा सोयाबिन तेल, तथा ४५ अर्ब ३४ करोडको खाना पकाउने ग्यास  आयात गरेको छ । यस अवधिमा नेपालले ४३ अर्ब ३० करोडको सोयाबिन तेल निर्यात गरेको छ ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु