गृहपृष्ठ क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सर डिशहोम फाइबरनेट
क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सर डिशहोम फाइबरनेट
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक आज बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । २७औँ संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।
डाइमण्ड प्रायोजक डिशहोम फाइबरनेटले आफ्नो स्टल नं. डी ३१ मार्फत आफ्नो फाइबरनेटको आवश्यक जानकारी दिनुका साथै भिजिटरलाई डिशहोमको एक हप्ताका लागि प्रयोग गर्न मिल्ने युजर आइडी तथा पासवर्ड प्रदान गर्नेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ । यस पटकको क्यान इन्फोटेकमा आइसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, सूचना प्रविधि, वाई-फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्ड रहनेछन् ।
यस वर्षको क्यान इन्फोटेक साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ । यो मेलालाई आइएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सह-प्रायोजककोे रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) रहेको छ । प्लेटिनम प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेसन्स, डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट, गोल्ड प्रायोजकमा नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस-पावर र डिजिकम रहेका छन् ।
प्रकाशित समय : १९:२४ बजे



















