काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सर डिशहोम फाइबरनेट

13.15K
shares

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक आज बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । २७औँ संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।

डाइमण्ड प्रायोजक डिशहोम फाइबरनेटले आफ्नो स्टल नं. डी ३१ मार्फत आफ्नो फाइबरनेटको आवश्यक जानकारी दिनुका साथै भिजिटरलाई डिशहोमको एक हप्ताका लागि प्रयोग गर्न मिल्ने युजर आइडी तथा पासवर्ड प्रदान गर्नेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ । यस पटकको क्यान इन्फोटेकमा आइसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, सूचना प्रविधि, वाई-फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्ड रहनेछन् ।

यस वर्षको क्यान इन्फोटेक साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ । यो मेलालाई आइएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सह-प्रायोजककोे रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) रहेको छ । प्लेटिनम प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेसन्स, डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट, गोल्ड प्रायोजकमा नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस-पावर र डिजिकम रहेका छन् ।