global ime bank Long Banner Ad

गृहपृष्ठ सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा हाइड्रोइलेक्टिक प्रोजेक्ट सम्पन्न

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा हाइड्रोइलेक्टिक प्रोजेक्ट सम्पन्न

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा हाइड्रोइलेक्टिक प्रोजेक्ट सम्पन्न

सेञ्चुरी कमर्सियल बैंकले ४.०६ मेगावाटको तल्लो चिरखुवा हाइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । भाेजपुरकाे षडानन्द नगरपालिकामा अवस्थित यो जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो । तल्लो चिरखुवा चिरखुवा हाइड्रोइलेक्टी प्रोजेक्टमा सेञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रवर्द्धकको लगानी रहेको छ ।

यस परियोजनाका प्रवर्द्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : २३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु