गृहपृष्ठ ‘विवादस्पद’ फैसला गर्ने अछामका न्यायाधीश सर्वोच्चमा तानिए
‘विवादस्पद’ फैसला गर्ने अछामका न्यायाधीश सर्वोच्चमा तानिए

अछामका जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अछामका जिल्ला न्यायाधीश जोशीलाई आइतबार सर्वोच्च अदालतमा काज सरुवा गरेका हुन् ।
बलात्कार मुद्दाकी पीडितले बयान फेरेको भन्दै विवादस्पद फैसला गरेर कानुनमै नभएको सजाय सुनाएका जोशीलाई सर्वोच्च अदालतमा सरुवा गरिएको हो । जिल्ला न्यायाधीश जोशीको इजलासले गत चैत १४ गते अछाम रामारोशनका नन्दराम खनाललाई बलात्कारको झूटा मुद्दा लगाएको भन्दै एक किशोरीलाई साढे तीन वर्ष कैद सजाय गरेको थियो । न्यायाधीश जोशीमाथि न्याय परिषदले छानबिन गरिरहेको स्रोतले जानकारी दिएको छ ।
न्यायाधीश जोशीले अध्यादेशमाथि टेकेर किशोरीलाई सजायको फैसला गरे पनि त्यो कानुन नै अस्तित्वमा नरहेको सर्वोच्च स्रोतले उल्लेख गरेको छ ।
प्रकाशित समय : ००:०९ बजे