काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंकको कुमारी डबल धमाका

11.61K
shares

कुमारी बैंकले नव वर्ष २०७९ को अवसरमा 'कुमारी डबल धमाका' नामक मुद्दती निक्षेप ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो । निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने मुद्दती निक्षेपमा न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९० प्रतिशत सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।

आफ्ना सेवालाई डिजिटल मैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवा सञ्चालनमा ल्याएको छ । आफ्ना देशव्यापी १९७ शाखा-सञ्जाल, १७७ एटीएम, ४३ शाखा रहित बैंकिङ इकाई तथा १६ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।