काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्वाचन रोकिए मुलुक र लोकतन्त्र दुवै दुर्घटनामा पर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

13.34K
shares

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचन रोकिन सक्ने आशंका पुनः व्यक्त गरेका छन् । जनकपुरमा आयोजित निर्वाचनसबन्धी मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन रोकिने आशंका व्यक्त गर्दै माहौल बनाउन मिडियाले भूमिका खेल्नु पर्ने बताएका छन् ।

‘घोषित मितिको निर्वाचन रोकिएको खण्डमा मुलुक र लोकतन्त्र दुवै दुर्घटनामा पर्छ, त्यसैले निर्वाचन रोकिनु हुन्न,’ प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचनको माहौला बनाउने मिडियाले हो, अहिलेसम्म मिडियाले माहौल बनाएको छ, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद ।’

स्थानिय तहको निर्वाचन आउन २७ दिन बाँकी रहदाँ प्रमुख आयुक्तले निर्वाचन रोकिए दुर्घटनामा पर्ने निरन्तर अभिब्यक्ति दिइरहेका छन् । गत साता पनि बिराटनगरमा निर्वाचन स्थगित गर्न नहुने तथा स्थगित भएमा मुलुक दुर्घटनामा जाने अभिब्यक्ति दिएका थिए । प्रमुख आयुक्तका अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरुले गम्भीर रुपमा हेरिरहेका छन् ।