global ime bank Long Banner Ad

गृहपृष्ठ मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित

मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित

मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित

मेगा बैंक नेपालकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रवल जनसेवाश्री (चुतर्थ) प्रदान गरेका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषदले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा बैंकिङ क्षेत्रकाे तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो । मेगा बैंक सञ्चालक समितिको बुधबारको बैठकले उनलाई कायममुकायम सीईओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु  सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।

यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन् । ३१ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरू गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन‍् ।

प्रकाशित समय : १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु