गृहपृष्ठ चुनावबारे छलफल गर्न माओवादी केन्द्रको बैठक जारी
चुनावबारे छलफल गर्न माओवादी केन्द्रको बैठक जारी
नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सुरु भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी र तालमेलबारे छलफल हुने छ ।
आठौं महाधिवेशन यता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको हो । माओवादी केन्द्र सत्ता गठबन्धनबीचमै चुनावी तालमेल गर्ने पक्षमा छ ।
सत्ता गठबन्धनमा पनि चुनावी तालमेलको सैद्दान्तिक सहमति भए पनि अझै भागबन्डा टुंगिन सकेको छैन ।
प्रकाशित समय : १६:२१ बजे



















