गृहपृष्ठ चाेरीकाे काठसहित चार जना पक्राउ
चाेरीकाे काठसहित चार जना पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बांगेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनकाे पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा बरामद गरेको हो ।
वीरेन्द्रनगरको बांगेसिमल जाँच चौकीले काठ बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । पक्राउ पर्नेहरूमा पञ्चपुरी नगरपालिका-८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगंगा नगरपालिका-९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता र सोही नगरपालिाका-६ निवासी ३५ वर्षीय कुलवीर विक रहेको बताए ।
उनका अनुसार गुप्ताले व्यक्तिगत प्रयोजनका लागि भे१ख १२४२ नंको मिनीट्रकमा सालकोटबाट सल्यानको सल्लीबजारतर्फ अवैधरूपमा काठ लैजाँदै थिए । बरामद भएको काठमा एक ढोका, पाँच साना, १५ ठूला झ्याल, अन्य फुटकर ४० पिस काठको टुक्रा रहेको जनाइएको छ ।
प्रकाशित समय : १३:०९ बजे




















