काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अर्थतन्त्रको बारेमा तथ्यांक बोल्छ, अनुमानका भरमा गरिने प्रचारको अर्थ रहन्न : अर्थमन्त्री

13.55K
shares

अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक उद्देश्य परिपूर्तिका लागि अर्थतन्त्रमा संकट आएको भनेर अनावश्यक हल्ला गरिएको बताएका छन् । अर्थतन्त्र ठिक दिशातर्फ जाँदैछ गरेकाे र अनावश्यक हल्ला गरेर त्यसले कोही कसैलाई पनि फाइदा नहुने उनकाे भनाइ छ ।

कोरोना कहर तथा रुस र युक्रेनको संघर्षका बाबजुद पनि अर्थतन्त्र सकारात्मक दिशामा गएको उल्लेख गर्दै उनले जसरी गलत प्रचार गरिएको छ, त्यसले कोही कसैलाई पनि फाइदा नगर्ने बताए । उद्योगधन्दा ठिक ढंगले सञ्चालनमा रहेको, विप्रेषण आप्रवाह पनि सकारात्मक रूपमा वृद्धि भएको उनले तथ्यांक पेश गरे । गत फागुन मसान्तसम्म मात्रै ९१ अर्ब बराबरको विप्रेषण आयात भएको छ ।

अर्थमन्त्रीले विप्रेषण आप्रवाह नियमित रूपमा वृद्धि हुने क्रममा रहेको तथा राजश्व पनि लक्षित सीमाभन्दा बढी उठिरहेको तथ्य पेश गर्दै अनावश्यक प्रचार र हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरे । विप्रेषण आप्रवाहको वृद्धिका लागि वैदेशिक रोजगारीमा रहेकाले लगानी गर्न सक्ने गरी सञ्चित कोष बनाउने, प्रारम्भिक सार्वजनिक निस्काशन (आइपीओ) तथा एफपीओमा पनि कोटा छुट्याउने र विप्रेषण कम्पनीलाई बालेट प्रयोग गर्न दिनेजस्ता प्रस्ताव पनि अगाडि सारिएको बताए ।

उनले अर्थतन्त्रको बारेमा तथ्यांकले बोल्ने भएकाले अनुमानका भरमा गरिने प्रचारको अर्थ नरहने स्पष्ट पारे । उनले नियमित रूपमा ऋण पनि व्यापक रूपमा विस्तार हुनु पनि सकारात्मक नै विषय भएको बताए । अर्थमन्त्रीले भने, 'राजनीतिकरण गर्नका लागि अर्थतन्त्र संकटमा परेको भनेर ठूलो-ठूलो स्वरमा जे भनिराखिएको छ त्यसले कोही कसैलाई राम्रो गर्दैन ।'