गृहपृष्ठ महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण
महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण
महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण भएको छ । बैंकको हाल रामग्राम नगरपालिका, ५ सुनवल रोडमा रहको शाखा जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको हो ।
शुक्रबार एक कार्यक्रमका बीच बैंकले स्थानान्तरित नयाँ शाखाको उद्घाटन भएकाे छ । शाखा कार्यालय उद्घाटन गर्दै बैंकले सेवाग्राहीमा थप गुणस्तरीय सेवा प्रदान गरिने बताएको छ । शाखाबाट ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवा छिटोछरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कृष्ण बहादुर गुरुङले बताए ।
यस बैंकले प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको जनाएको छ ।
प्रकाशित समय : २१:२६ बजे

















