गृहपृष्ठ डाबर नेपालको ‘रियल म्यांगो पेट’ बजारमा
डाबर नेपालको ‘रियल म्यांगो पेट’ बजारमा
फ्रुट जुसको विधामा बजारकै अग्रणी डाबर नेपालले रियल म्यांगो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीले नेपाली उपभोक्तालाई नवीनतम उत्पादनबाट खुसी राख्ने प्रयासकै यो एउटा उपज रहेको बताए । डाबर नेपालका मार्केटिङ प्रमुख अभय प्र। गोर्खालीले जुस बजारमा अग्रणी भएको नाताले प्याकेजिङलाई विस्तारित गरी नयाँ आकर्षकस्वरुप-पेट बोतलमार्फत पारखी नेपाली उपभोक्ताहरुमाझ पस्किएको बताए । मुखै रसाउने स्वादिलो फ्रुट जुस प्रदान गर्नु आफ्नो दायित्व पनि रहेको उनको भनाइ छ ।
गोर्खालीले भने,‘रियल पेट बोतलको लन्च गहन बजार अनुसन्धानको प्रतिफल हो, जहाँ उपभोक्ताको पेट बोतलप्रतिको लगाव ज्यादै उच्च थियो । आकर्षक मूल्य र गुणस्तरीय उत्पादनका साथ प्रस्तुत गरिएको रियल म्यांगो पेटका साथ हामीले बजारका अन्य साधारण सफ्ट ड्रिङ्क्स (जो त्यति स्वास्थ्यवर्धक मानिदैन)को केही मार्केट सेयर लिने लक्ष्य लिएका छौँ ।’
रियल पेटलाई टेस्ट द फन ट्यागलाइनका साथ स्वादिलो, टेस्टी र फन जुसका रुपमा परिचित गरिएको छ । यसलाई अन द गोमै हुने युवाहरुप्रति लक्षित गरिएको छ । नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमश:३५,८५ र १५० रुपैयाँमा उपलब्ध छ ।
अभिनेत्री आँचल शर्मा र गायक सुशान्त केसीलाई मिलेनियलहरुसँग कनेक्ट भएको कारणले ब्रान्डले सेलिब्रटी अनुमोदनकर्ताका रुपमा लिएको जनाएको छ ।
प्रकाशित समय : १६:५६ बजे



















