गृहपृष्ठ आफ्नै कार्यकर्ताले कुटे गाउँपालिका अध्यक्ष तामाङलाई, टिकट बाँडफाँडमा विवाद
आफ्नै कार्यकर्ताले कुटे गाउँपालिका अध्यक्ष तामाङलाई, टिकट बाँडफाँडमा विवाद
धादिङकाे खनियाबास गाउँपालिका-३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो ।
उनलाई कांग्रेसकै कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाएका छन् । पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।
आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी जागेश्वर भण्डारीले बताए ।
प्रकाशित समय : १६:४८ बजे



















