nmb bank

गृहपृष्ठ ‘लुम्बिनीको प्रचारप्रसारमा नेपाल–कोरियाबीच साझेदारी आवश्यक’

‘लुम्बिनीको प्रचारप्रसारमा नेपाल–कोरियाबीच साझेदारी आवश्यक’

‘लुम्बिनीको प्रचारप्रसारमा नेपाल–कोरियाबीच साझेदारी आवश्यक’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालमा कोरियाली लगानीमा सञ्चालित व्यवसाय तथा लगानीकर्ताको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन ।

मन्त्रालयमा आज नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङले गरेको शिष्टाचार भेटमा उनले बौद्ध संस्कृतिको प्रवर्द्धन तथा लुम्बिनीको अन्तरराष्ट्रियस्तरको प्रचारप्रसारमा दुई मुलुकबीच साझेदारी आवश्यक रहेकामा जोड दिए ।

गृहमन्त्री गुरुङले शिक्षा तथा रोजगारीका लागि कोरियामा जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका सम्बन्धमा कोरियाली नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गरे ।

भेटमा राजदूत पार्कले विभिन्न पेसा व्यवसायमा कोरियामा रहेका नेपालीहरु अत्यन्त अनुशासित एवं मेहनती रहेको र कोरियाली समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु-याइरहेको उल्लेख गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु