nmb bank

गृहपृष्ठ ३ सयले घट्यो सुनको मूल्य

३ सयले घट्यो सुनको मूल्य

३ सयले घट्यो सुनको मूल्य

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सयले नै घटेर ९८ हजार रुपैयाँमा आइपुगेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४४ रुपैयाँ ५० पैसा तोकेको छ ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु