nmb bank

गृहपृष्ठ टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तरको प्रतिबद्धता अनुरुप Q4 2025 को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।

२०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गरिएको छ, जसले विश्वभरका प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न सहयोग पुर्‍याएको छ।

Q4 2025 अवधिमा नेपालमा मात्रै टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल १९ लाख ३२ हजार ५७५ भिडियो हटाएको छ। अक्टोबरदेखि डिसेम्बरसम्म सक्रिय रूपमा कन्टेन्ट हटाउने दर ९९.९% कायम रह्यो, जसमा
९८.४% भिडियो २४ घण्टाभित्र हटाइएको थियो।

विश्वव्यापी रूपमा, यस अवधिमा टिकटकले कुल १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५% हो। हटाइएका भिडियोमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पत्ता लगाई हटाइएको थियो भने ८३ लाख ६० हजार ७८० भिडियो रिभ्युपछि पुनर्स्थापना गरिएको थियो।

सक्रिय हटाउने दर ९९.१% रहेकोमा ९३.४% फ्ल्याग गरिएका कन्टेन्ट पोस्ट भएको २४ घण्टाभित्र हटाइएको थियो। प्लेटफर्मको विश्वसनीयता कायम राख्न, यस अवधिमा टिकटकले १४ करोड ७७ लाख १६ हजार ५१८ नक्कली एकाउन्टहरू हटाएको छ। साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका थप २ करोड ३८ लाख ७५ हजार ८७९ खाताहरू पनि हटाइएको थियो।

यस त्रैमासिक अवधिमा, एकपटक पनि नहेरिएको अवस्थामा हटाइने भिडियोको संख्यामा कमी आएको देखिएको छ, जसले एआई-आधारित मोडरेशन प्रणालीमा भएको सुधारलाई संकेत गर्दछ। यसले नियम उल्लङ्घन गर्ने पुराना कन्टेन्ट पनि पहिचान गरी हटाउन सक्षम भएको छ।

साथै, कमेन्ट हटाउने दरमा पनि उल्लेखनीय कमी आएको छ, किनकि टिकटकले अब केही अनुपयुक्त वा आपत्तिजनक कमेन्टहरूलाई सिधै हटाउनेभन्दा तिनीहरूको पहुँच घटाउने रणनीति अपनाएको छ। यसैबीच, नक्कली लाइक र नक्कली फलोअर्स हटाउने कार्यमा वृद्धि भएको छ, जसले प्लेटफर्मको वास्तविकता र विश्वसनीयता कायम राख्ने प्रयासलाई बलियो बनाएको छ।

प्रतिवेदन अनुसार, हटाइएका भिडियोमध्ये २१.२% मा संवेदनशील वा वयस्क विषयवस्तु समावेश थिए, जुन टिकटकका कन्टेन्ट नीतिसँग मेल खाँदैनन्। थप ९.१% भिडियोले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने १.२% भिडियोले गोपनीयता र सुरक्षा निर्देशिका उल्लङ्घन गरेका थिए। यसबाहेक, १.६% भिडियो भ्रामक सूचनासँग सम्बन्धित थिए र १.८% भिडियो सम्पादन गरिएको वा एआई-निर्मित सामग्री (AIGC) का रूपमा फ्ल्याग गरिएको थियो।

कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदनको नियमित प्रकाशनले कन्टेन्ट तथा खाता सम्बन्धी कारबाहीको परिमाण र प्रकृतिबारे स्पष्ट जानकारी प्रदान गर्दछ, जसले टिकटकको पारदर्शिताप्रतिको प्रतिबद्धता देखाउँछ। Q4 2025 प्रतिवेदनबारे थप जानकारी लिन तथा टिकटकका कन्टेन्ट पोलिसी, टुल्स र गाइडलाइन्सबारे बुझ्न टिकटकको अंग्रेजीमा उपलब्ध ट्रान्सपेरेन्सी सेन्टर भ्रमण गर्न सकिन्छ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु