nmb bank

गृहपृष्ठ रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्‍यो : जेलेन्स्की

रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्‍यो : जेलेन्स्की

रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्‍यो  : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या भएको थियो र रूसी ट्यांकले मानिसहरूलाई ‘आनन्दको लागि’ कुचेको बताए ।

बुचा सहरमा सडकमा लडिरहेका शवहरूको भयानक तस्बिरहरूको विश्वव्यापी निन्दा भएको छ । सुरक्षा परिषदमा भिडियो लिंकमार्फत आफ्नो भाषणपछि जेलेन्स्कीले मृत युक्रेनीहरूको तस्बिरहरूको ग्राफिक भिडियो देखाएका थिए । ‘रूसी सेनाले हाम्रो देशको सेवा गर्ने जो कोहीलाई खोजी र जानाजानी मार्‍यो’, उनले भने । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरे ।

‘हामीले फेरि एक पटक रुसी सैनिक र सेनाको बारेमा ठूलो मात्रामा झूट सुनेका छौँ’, उनले भने ।

प्रकाशित समय : १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु