गृहपृष्ठ प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रुडेन्सियल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडको ७.३६ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत्र २४ गते बिहीबार एक दिन सेयर दाखिल खारेजी (बुकक्लोज)गर्ने निर्णय गरेको छ ।
बुकक्लोज अनुसार चैत्र २३ गते बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले २०७९ बैशाख ११ गते २०औँ वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले बैशाख ११ गते दियालो लर्डस पर्सा, वीरगञ्जमा दिँउसा १२ :३० बजे वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले गत आव २०७७.७८ को नाफाबाट प्रस्तावित चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । प्रस्तावित बोनस सेयर पारितपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित समय : १६:२७ बजे