nmb bank

गृहपृष्ठ अस्ट्रेलियन बजेटअन्तर्गत दुई अर्ब ८० करोड नेपाललाई सहयोग दिने घोषणा

अस्ट्रेलियन बजेटअन्तर्गत दुई अर्ब ८० करोड नेपाललाई सहयोग दिने घोषणा

अस्ट्रेलियन बजेटअन्तर्गत दुई अर्ब ८० करोड नेपाललाई सहयोग दिने घोषणा

अस्ट्रेलियाको सरकारले यस वर्षको बजेटअन्तर्गत नेपाललाई ३१.१ मिलियन डलर सहयोग दिने घोषणा गरेको छ । जुन नेपाल रुपैयाँअनुसार करिब २ अर्ब ८० करोड हो । नियमित रूपमा अस्ट्रेलियाले विकासोन्मुख देशलाई दिने यो सहयोग नेपालको सन्दर्भमा भने गत वर्षको तुलनामा झण्डै ११ मिलियन बढी हो ।

अस्ट्रेलियाका अर्थमन्त्री जोस फ्रयाडनबर्गद्वारा यसै साता प्रस्तुत बजेटमा नेपालले पाउने सहयोग गत वर्षको तुलनामा १५ लाख डलर बढी घोषणा गरेका हुन् । अस्ट्रेलियन सरकारको यस वर्षको नयाँ बजेट अनुरूप नेपाललाई द्विपक्षीय कार्यक्रमअन्तर्गत ९.१ मिलियन डलर र प्रत्यक्ष सहायता कार्यक्रमअन्तर्गत २२ मिलियन डलर विनियोजन गरिएको छ ।

अस्ट्रेलिया र नेपालबीचको ६० वर्षभन्दा लामो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा नेपालको स्वास्थ्य सुरक्षा, स्थिरता, आर्थिक सुधारलगायत क्षेत्रमा दुई देश मिलेर काम गर्ने समेत बजेटमा उल्लेख गरिएको छ ।

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु